Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • जनकपुरधाम-११ का वडाध्यक्ष चौधरी र सचिव माधव घुससहित पक्राउ

    जनकपुरधाम-११ का वडाध्यक्ष चौधरी र सचिव माधव घुससहित पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, ८ चैत्र २०७९
  • 552
    SHARES

    काठमाडौं । धनुषाको जनकपुरधाम उपमहानगरपालिका ११ का वडाध्यक्ष र वडा सचिव घुस रकमसहित पक्राउ परेका छन् ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोग वर्दिवासको टोलीले वडाध्यक्ष अर्जुन चौधरी र वडा सचिव माधव राय ५० हजार घुस रकमसहित पक्राउ गरेको हो ।



    उनीहरुले जग्गा दर्ता कायम गर्ने सर्जमिन मुचुल्काको रोहबरमा दस्तखत गर्न सेवाग्राहीसँग घुस मागेको अख्तियार प्रवक्ता भोला दाहालले जानकारी दिए ।



    जनकपुरधाम उपमहानगरपालिका ६, रामजानकी हस्पिटल नजिकबाट सेवाग्राहीबाट घुस लिएलगत्तै उनीहरुलाई पक्राउ गरिएको उनले बताए । उनीहरुमाथि थप अनुसन्धान भइरहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार