Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • पूर्वाग्रह राखेर कसैको सरुवा हुँदैन, बेथितिलाई सुधार गरिन्छ : मन्त्री मोदी

    पूर्वाग्रह राखेर कसैको सरुवा हुँदैन, बेथितिलाई सुधार गरिन्छ : मन्त्री मोदी

    अनलाइन नेपाल
  • बिहिबार, ९ चैत्र २०७९
  • 450
    SHARES

    काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले पूर्वाग्रह राखेर मन्त्रालयले कसैको पनि सरुवा नगर्ने बताएका छन् ।

    नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पाँचौँ विभागीय अधिवेशनलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । उनले निजामती प्रशासनभित्र देखिएको बेथितिलाई सुधार गरिने बताए।



    ‘निजामती प्रशासनभित्रका बेथिति सुधार गर्नुपर्छ भन्दा केही मान्छेमा छटपटी भएको छ,’ उनले भने, ‘वृत्तिविकासका लागि पनि एकै ठाउँमा बसिरहने कुरा राम्रो होइन। तर, मेरो प्रस्ट कुरा के छ भने पूर्वाग्रह राखेर कसैको पनि सरुवा गर्दैनौँ।’



    कर्मचारी जनताको सेवकभन्दा बढी राजनीतिमा क्रियाशील भएको गुनासो बढिरहेको जनाउँदै मन्त्री मोदीले जनताका कामलाई पहिलो प्राथमिकतामा राख्न निर्देशन दिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार