Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • सेवानिवृत्त हुने उमेरहद बढाएपछि फ्रान्समा राष्ट्रपतिविरुद्ध राष्ट्रव्यापी प्रदर्शन

    सेवानिवृत्त हुने उमेरहद बढाएपछि फ्रान्समा राष्ट्रपतिविरुद्ध राष्ट्रव्यापी प्रदर्शन

    अनलाइन नेपाल
  • शुक्रबार, १० चैत्र २०७९
  • 474
    SHARES

    पेरिस । राष्ट्रपतिले इम्यानुल म्याक्रोँले अघि सारेको सेवानिवृत्तिको उमेरप्रति फ्रान्सेली क्रुद्ध भएका छन् ।

    राष्ट्रपति म्याक्रोँले अघि सारेको निवृत्तिभरण सुधारसम्बन्धी योजनाविरुद्धको चर्को विरोध प्रदर्शन भएको छ ।



    अलोकप्रिय पेन्सन सुधारविरुद्ध बिहीबार देशभर भएका विरोध प्रदर्शनमा दश लाखभन्दा बढी सहभागी भएका थिएभने आगामी साता बेलायतका राजा चाल्र्स तृतीयको भ्रमणको समय पारेर राष्ट्रव्यापी हडताल र विरोध प्रदर्शनका निम्ति आह्वान गरेका छन् ।



    यसैबीच, बिहीबारको राष्ट्रव्यापी विरोधप्रदर्शनका क्रममा चार सय ५७ जना पक्राउ परेका तथा चार ४१ जना घाइते भएका गृहमन्त्री गेराल्ड डर्मानिनले बताए ।

    भारी मतले सदनले अनुमोदन गरेको उक्त विधेयक संसदीय समितिमा विचाराधीन छ । उक्त समितिले अन्तिम मस्यौदा तयार गरेर पुनः सदनमा प्रस्तुत हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार