Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • कर्णालीका मुख्यमन्त्री शर्माले पाए दोस्रोपटक विश्वासको मत

    कर्णालीका मुख्यमन्त्री शर्माले पाए दोस्रोपटक विश्वासको मत

    अनलाइन नेपाल
  • शुक्रबार, १७ चैत्र २०७९
  • 492
    SHARES

    सुर्खेत । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले दोस्रो पटक विश्वासको मत प्राप्त गरेका छन् ।

    शुक्रबार प्रदेसभाको नवौँ बैठकबाट उनले विश्वासको मत प्राप्त गरेका हुन् ।



    उनले नेकपा माओवादी केन्द्रसहित नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र सांसदको मत प्राप्त गरेका छन् ।



    मतदानमा सहभागी ३९ जना सांसदमध्ये मुख्यमन्त्री शर्माको पक्षमा ३८ मत परेको छ भने विपक्षमा १ मत मात्रै परेको छ । उनले राप्रपा बाहेक सबै दल र स्वतन्त्र सांसदको समेत मत प्राप्त गरेका छन् ।

    सत्ता साझेदार दल राप्रपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शर्माले दोस्रो पटक विश्वासको मत लिन लागेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार