Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • भीम रावलसँग वार्ताका लागि तीन सदस्यीय टोली गठन, विधानविपरीत चलेको निष्कर्ष

    भीम रावलसँग वार्ताका लागि तीन सदस्यीय टोली गठन, विधानविपरीत चलेको निष्कर्ष

    अनलाइन नेपाल
  • शनिबार, १८ चैत्र २०७९
  • 576
    SHARES

    काठमाडौं । नेकपा एमालेले पार्टीका नेता डा. भीमबहादुर रावलसँग संवाद गर्न तीन सदस्यीय संवाद टोली गठन गरेको छ ।

    शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले सो संवाद टोली गठन गरेको हो ।



    पूर्व उपाध्यक्ष रावल पछिल्लो समय पार्टी गतिविधिबाट असन्तुष्ट रहँदै पार्टीको विधि र विधान विपरीत गतिविधि गरिरहेको निष्कर्ष निकाल्दै संवादका लागि पार्टीका उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा तीन सदस्यीय संवाद टोली गठन गरिएको बतायउको छ ।



    टोलीमा पार्टी सचिव एवम् सुदूरपश्चिम प्रदेश कमिटीका इन्चार्ज लेखराज भट्ट र सहइन्चार्ज कर्ण थापा सदस्य रहेका छन् । नेता रावलसँग संवादपछि सच्चिएर आएमा उचित जिम्मेवारी दिइने एमालेले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार