Online Nepal
  • आइतबार, २० जेष्ठ २०८१
  • बारा- २ मा १८ जनाले दर्ता गराए उम्मेदवारी

    बारा- २ मा १८ जनाले दर्ता गराए उम्मेदवारी

    अनलाइन नेपाल
  • सोमबार, २० चैत्र २०७९
  • 834
    SHARES

    काठमाडौं । प्रतिनिधिसभा सदस्य चयनका लागि वैशाख १० मा हुने उपनिर्वाचनका लागि सोमबार मनोनयन दर्ता प्रक्रिया चलिरहेको छ ।

    बारा–२, चितवन–२ र तनहुँ–१ मा १० वैशाखमा प्रतिनिधिसभा सदस्य चयनका लागि उपनिर्वाचन हुन लागेको हो ।



    उम्मेदवारी दर्ता चलिरहँदा बारा निर्वाचन क्षेत्र नं. २ मा हुने उपनिर्वाचनका लागि अहिलेसम्म जसपाका अध्यक्ष उपेन्द्र यादवसहित १८ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।



    बाराको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा जसपा, नेकपा एमाले, जनमतसहितका दल तथा व्यक्ति गरी १८ जना उम्मेदवारहरूले मनोनयन दर्ता गराएका हुन् ।

    जसपाको तर्फबाट उपेन्द्र यादव, नेकपा एमालेबाट पुरुषोत्तम पौडेल, जनमत पार्टीबाट शिवचन्द्र कुसवाह, रास्वपाबाट रमेश खरेल, नेमकिपाबाट मुक्ति यादव लगायतले उम्मेदवारी दर्ता गराएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार