Online Nepal
  • आइतबार, २० जेष्ठ २०८१
  • यी हुन् उपनिर्वाचन हुने तीन क्षेत्रका ६९ जना उम्मेदवार, को–को उठे ? [सूचीसहित]

    यी हुन् उपनिर्वाचन हुने तीन क्षेत्रका ६९ जना उम्मेदवार, को–को उठे ? [सूचीसहित]

    अनलाइन नेपाल
  • सोमबार, २० चैत्र २०७९
  • 375
    SHARES

    काठमाडौं । आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि कुल ६९ जनाको उम्मेदवारी परेको छ । सोमबार भएको उमेदवारी मनोनयमा तीनै क्षेत्रमा गरी कुल ६९ जनाको उम्मेदवारी परेको हो ।

    निर्वाचन आयोगका जिल्ला निर्वाचन अधिकारीहरूका अनुसार बारा क्षेत्र नम्बर २ मा ३६, चितवन क्षेत्र नम्बर २ मा २४ र तनहुँ क्षेत्र नम्बर १ मा ९ जनाको उमेदवारी परेको छ ।



    निर्वाचन आयोगले सोमबार अपराह्न ५ बजेसम्मको लागि उम्मेदवारी दिने समय तोकेको थियो । चितवन–२ मा दलका १२ र १२ जना स्वतन्त्र गरी २४ जनाको उमेदवारी परेको छ ।



    नेकपा (एमाले) बाट रामप्रसाद न्यौपाने, नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायतको उमेदवारी परेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार