Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • पार्किङ शुल्क महँगो भएको विरोधमा ट्याक्सी सेवा बन्द

    पार्किङ शुल्क महँगो भएको विरोधमा ट्याक्सी सेवा बन्द

    अनलाइन नेपाल
  • मंगलबार, २१ चैत्र २०७९
  • 441
    SHARES

    काठमाडौं । ट्याक्सी चालकहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा सेवा बन्द गरेका छन् ।

    विमानस्थल क्षेत्रमा पार्किङ भाडा महँगो भएको भन्दै ट्याक्सी चालकहरुले विरोधमा सेवा बन्द गरेका हुन् ।



    विमानस्थल बाहिर भने ट्याक्सीहरु चलिरहेका छन् । त्रिभुवन विमानस्थल क्षेत्रमा पहिले पार्किङ शुल्कबापत प्रतिघण्टा २० रुपैयाँ लिंदै आएकोमा अहिले ८० रुपैयाँ पुर्‍याइएको र १०० रुपैयाँ पुर्‍याउने धम्की दिइएको भन्दै ट्याक्सी चालकहरु लामो समयदेखि विरोधमा छन् ।



    यसअघि १३ मंसिरमा उनीहरुले विमानस्थलको गेट अगाडि बसेर विरोध प्रदर्शन गरेका थिए ।

    विमानस्थलको जग्गा आईएमएस एयरपोर्ट सर्भिस नामको कम्पनीले भाडामा लिएको छ । उनीहरुले भाडाका ट्याक्सीहरुको पार्किङ शुल्क घटाउन माग गर्दै यसअघि ज्ञापन पत्र पनि बुझाएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार