Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • भरुवा बन्दुक पड्किँदा सल्यानमा बालिकाको मृत्यु, तीन घाइते

    भरुवा बन्दुक पड्किँदा सल्यानमा बालिकाको मृत्यु, तीन घाइते

    अनलाइन नेपाल
  • मंगलबार, २१ चैत्र २०७९
  • 474
    SHARES

    फाइल तस्विर

    सल्यान । सल्यानको कालीमाटी गाउँपालिकास्थित स्थानीय बेलबहादुर आलेको घरमा भरुवा बन्दुक पड्किँदा एक बालिकाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

    आलेको घरको आँगनमा खेल्दै गरेको क्रममा बन्दुक पड्किँदा छर्राले लागेर कालिमाटी गाउँपालिका ७ स्वायनवासकी ९ वर्षीया पुजा घर्तीको मृत्यु भएको हो ।



    जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार छर्रा लागेर तीन वर्षीया देवी घर्ती, पाँच वर्षीया यमुना आले र आठ वर्षीय तेजेन्द्र आले घाइते भएका छन् । घाइते भएकी यमुना आलेलाई थप उपचारका लागि काठमाडौं लगिएको छ भने अन्य दुईजनालाई नेपालगन्जमा उपचार गरिएको छ ।



    आलेको घरको आँगनमा राखेको भरुवा बन्दुक बालबालिकाले खेलाउँदै गर्दा पड्किएको थियो । प्रहरीले भरुवा बन्दुकसहित आलेलाई पक्राउ गरेको छ । घटनाको थप अनुसन्धान भइरहेको सल्यान प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार