Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • मुलुकको अर्थतन्त्र आत्तिहाल्नुपर्ने अवस्थामा छैन : अर्थमन्त्री महत

    मुलुकको अर्थतन्त्र आत्तिहाल्नुपर्ने अवस्थामा छैन : अर्थमन्त्री महत

    अनलाइन नेपाल
  • बिहिबार, २३ चैत्र २०७९
  • 549
    SHARES

    काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र आत्तिहाल्नुपर्ने अवस्थामा नरहेको बताएका छन् । अर्थ मन्त्रालयमा आज नेपाल आर्थिक पत्रकार समाज (सेजन)सँगको छलफलमा उनले यस्तो बताएका हुन् ।

    उनले अर्थतन्त्रका सूचक सकारात्मक रहे पनि सम्भावित जोखिमबारे सजग रहेर सुधारको दिशामा अघि बढ्नुपर्ने खाँचो औँल्याए ।



    उनले भने, ‘अर्थतन्त्रमा केही समस्या छन् तर त्यसलाई न्यूनीकरण गर्न सकिन्छ । खर्च कम गरेर उत्पादनशील क्षेत्रमा लगाउने र जनतामा देखिएको नैराश्यलाई कम गर्न केही सुधारका काम गर्नु अपरिहार्य छ ।’



    अर्थमन्त्री डा. महतले अनावश्यक खर्च कम गर्ने र पुँजीगत खर्चलाई उत्पादनशील क्षेत्रमा खर्च गर्ने योजना रहेको उल्लेख गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार