Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • मोहन वैद्य नेतृत्वको पार्टी र नेकपा बहुमतबीच आज एकता हुँदै

    मोहन वैद्य नेतृत्वको पार्टी र नेकपा बहुमतबीच आज एकता हुँदै

    अनलाइन नेपाल
  • शुक्रबार, २४ चैत्र २०७९
  • 477
    SHARES

    काठमाडौं । दुईवटा साना कम्युनिष्ट पार्टी बिच आज एकता हुँदैछ ।

    मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र धमेन्द्र बास्तोला संयोजक रहेको नेपाल कम्युनिस्ट पार्टी (बहुमत) बीच एकता हुने भएको हो ।



    नेत्रविक्रम चन्द्र नेतृत्वको नेकपा परित्याग गरी बास्तोलाले नेकपा बहुमत घोषणा गरेर अलग्गै राजनीतिक गतिबिधि गर्दै आएका थिए । नेकपा बहुमतका नेता धर्मेन्द्र वास्तोलका अनुसार इच्छुक प्रतिष्ठान घट्टेकुलोमा आज दुई पार्टीबीचमा एकीकरण घोषणा सभा हुँदैछ ।



    क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ र नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला ‘कन्चन’बीच लामो समययता पार्टी एकताका लागि छलफल हुँदै आएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार