Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • महासचिव वैद्य भन्छन् – संस्कृत विद्या वैज्ञानिक छ

    महासचिव वैद्य भन्छन् – संस्कृत विद्या वैज्ञानिक छ

    अनलाइन नेपाल
  • शुक्रबार, १ बैशाख २०८०
  • 564
    SHARES

    देउखुरी । नेकपा (माओवादी क्रान्तिकारी) का महासचिव मोहन वैद्यले आर्दशवाद र भौतिकवादको विषयमा चर्चा भइरहँदा संस्कृत विज्ञानले अघि सारेका विषय वैज्ञानिक रहेको बताएका छन् ।

    उनले भने, “संस्कृत विद्याभन्दा सबै कर्मकाण्डी भन्ने भ्रम छ । यो अकाट्य कर्मकाण्डा हो भन्ने बुझाइ छ, त्यो बिल्कुलै गलत हो । संस्कृत भनेको आदर्शवाद हो, भौतिकवाद पनि हो । यसको महत्व र गरिमा नबुझ्दा धेरैलाई गलत भ्रम परेको हो ।”



    नेपाल समाजमा परम्पराका निरन्तरता रहेको हुँदा यसमा नवीनतातिर पनि जानुपर्ने अवस्था रहेको आवश्यकता औँल्याए ।



    आफ्नी आमा जानका वैद्य पोखरेलको शतवर्ष प्रवेशको अवसरमा आयोजित अभिनन्दन कार्यक्रमलाई शुक्रबार घोराहीमा सम्बोधन गर्दै उनले संस्कृत विद्याका बारेमा बुझाइ स्पष्ट नहुँदा धेरैलाई कर्मकाण्डी भन्ने भ्रम रहेको जिकिर गरे ।

    देश र समाज रुपान्तरणको अभियानमा लामो समयदेखि होमिने तागत र हौसला ९७ वर्षीया आमा जानका वैद्यबाट आफूले पाएको बताउँदै महासचिव वैद्यले संस्कृत विद्यामा धेरै कुरा प्रमाणित र वैज्ञानिक रहेको विश्वास व्यक्त गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार