Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • विनोद चौधरीविरुद्ध मोहन वैद्यनिकट विद्यार्थीले गरे प्रदर्शन

    विनोद चौधरीविरुद्ध मोहन वैद्यनिकट विद्यार्थीले गरे प्रदर्शन

    अनलाइन नेपाल
  • बिहिबार, २५ माघ २०८०
  • 399
    SHARES

    काठमाडौं । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीनिकट अखिल क्रान्तिकारीले उद्योगी विनोद चौधरीविरुद्ध प्रदर्शन गरेको छ।

    चौधरी समूहले बाँसबारी छाला जुत्ता कारखानाबाट गैर–कानुनी रूपमा जग्गा हडपेको भन्दै चौधरीविरुद्ध प्रदर्शन गरेको हो ।



    चौधरी समूहले हडपेको १० रोपनी जग्गामा सञ्चालित सीजी चाँदबाग स्कुललाई राष्ट्रियकरण गर्न माग अखिल क्रान्तिकारीको माग छ ।



    बिहीबार चाँदबाग स्कुल अगाडि प्रदर्शन गर्दै उक्त स्कुल र सीजी ग्रुपलाई तत्काल राष्ट्रियकरण गर्न माग गरेको हो ।

    ग्रुपका अध्यक्ष चौधरीलाई तत्काल गिरफ्तार गर्न समेत माग गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार