Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • जीप दुर्घटना हुँदा चालकको मृत्यु, एक घाइते

    जीप दुर्घटना हुँदा चालकको मृत्यु, एक घाइते

    अनलाइन नेपाल
  • मंगलबार, २८ चैत्र २०७९
  • 402
    SHARES

    फाइल तस्विर

    पर्वत । पर्वतको महाशिला गाउँपालिकामा जीप दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक व्यक्ति घाइते भएका छन् ।

    दुर्घटनामा परी महाशिला-४ धनुवासका ३७ वर्षीय चालक ख्यामबहादुर विकको मृत्यु भएको हो ।



    सदरमुकाम कुश्माबजारबाट महाशिलातर्फ जाँदै गरेको ग२च ६९० नम्बरको जीप महाशिला-५ काहुलेमा गए राति दुर्घटना भएको हो ।



    दुर्घटनामा गम्भीर घाइते भएका विकको उपचारका लागि गण्डकी अस्पताल पोखरा लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

    पहिचान नखुलेका दुर्घटनामा घाइतेको लुङ्खुदेउराली प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

    दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार