Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वैशाख ७ गते बिहान ६ घण्टा पूर्ण बन्द हुने

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वैशाख ७ गते बिहान ६ घण्टा पूर्ण बन्द हुने

    अनलाइन नेपाल
  • मंगलबार, ५ बैशाख २०८०
  • 582
    SHARES

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वैशाख ७ गते ६ घण्टा बन्द हुने भएको छ ।

    विमानस्थल नागरिक उड्डयन कार्यालयले मंगलबार सूचना जारी गर्दै उडान र अवतरण सेवा बन्द हुनेबारे जानकारी दिएको हो ।



    वैशाख ७ गते बिहान १ बजेदेखि ७ बजेसम्म विमानस्थलमा आन्तरिक तथा अन्तर्राष्ट्रिय वायुयान उडान-अवतरण बन्द रहने कार्यालयले जनाएको छ ।



    यात्रुहरुको सुरक्षा अभिवृद्धि गर्ने उद्देश्यका साग विद्युत आपूर्तिलाई थप सुधार गर्नका लागि अनलाईन यूपीएस जडान गर्ने भएकाले उक्त अवधिमा उडान र अवतरण बन्द हुने प्राधिकरणले जानकारी दिएको छ ।

    सो समयमा यात्रा गर्ने यात्रुहरुले सम्वन्धित एयरलाइन्ससँग सम्पर्क गरी आवश्यकता अनुसारको व्यवस्था मिलाउन पनि विमानस्थलले आग्रह गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार