Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • धरानका मेयर हर्क साम्पाङले मागे वडाध्यक्षहरूको राजीनामा

    धरानका मेयर हर्क साम्पाङले मागे वडाध्यक्षहरूको राजीनामा

    अनलाइन नेपाल
  • बिहिबार, ७ बैशाख २०८०
  • 678
    SHARES

    काठमाडौं । धरान उपमहानगरपालिकामा मेयर हर्क साम्पाङले वडाध्यक्षहरुको राजीनामा मागेका छन् ।

    विवाद बढ्दै गएपछि मेयर साम्पाङले शुक्रबार एक निर्देशनात्मक विज्ञप्ति जारी गर्दै वडाध्यक्षहरुको राजीनामा मागेका हुन् ।



    मेयर सम्पाङले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘कसैले ‘म बैठक बस्दिन’ भन्न पाइँदैन त्यसैले कर्तव्य पुरा नगरेको र जनताको काम गर्न असक्षम भएको घोषणा गर्दै बैठक बहिष्कार गर्ने जति सबैले नैतिकताको आधारमा तुरुन्तै राजीनामा दिएर बाटो प्रसस्त बनाई आम धरानबासी जनता र लोकतन्त्रलाई सहयोग गर्न अनुरोध छ।’



    मेयर साम्पाङले समन्वय र सहमतिविना आफूखुसी काम गरेको । बैठकमा कसैलाई आफ्ना कुरा राख्न नदिएको भन्दै एक महिनाभन्दा बढी समयदेखि वडाध्यक्षहरू आन्दोलित छन् ।

    यसअघि १ पुसमा पनि मेयर साम्पाङले कार्यपालिकासहित वडाध्यक्षहरुको राजीनामा मागेका थिए । मेयर साम्पाङले वडाहरुमा के कस्ता, के कति काम भएका छन तुरुन्तै सार्वजनिक गर्न वडाध्यक्षहरुलाई निर्देशन समेत दिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार