Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • रविलक्षित पद्मा अर्यालको टिप्पणी – खहरे खोला डरलाग्दो आउँछ, छिनभरमै सुकेर जान्छ

    रविलक्षित पद्मा अर्यालको टिप्पणी – खहरे खोला डरलाग्दो आउँछ, छिनभरमै सुकेर जान्छ

    अनलाइन नेपाल
  • शुक्रबार, ८ बैशाख २०८०
  • 585
    SHARES

    चितवन । नेकपा एमालेकी सचिव पद्मा अर्यालले धमिलो पानीमा ढुंगा हानेर नेता बन्न नसकिने बताएकी छन् ।

    चितवन २ मा चुनावी सभालाई सम्बोधन गर्दै एमाले सचिव अर्यालले यस्तो बताएकी हुन् ।



    राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई लक्षित गर्दै सचिव अर्यालले खहरे खोला डरलाग्दो गरी आए पनि क्षणभरमै सुकेर जाने बताईन् ।



    सचिव अर्यालले भनिन्, ‘मैले कुरा सुनेकी छु, गल्ती गरेको हो भने माफी माग्ने ठाउँ कहाँ हो भनेर। म दुई तीन वटा मात्र सम्झाइदिन्छु। पहिलो माफी अमेरिकामा जहाँ उहाँकी श्रीमती र बच्चाहरु रोइरहेका छन्, त्यहाँ गएर माफी माग्नु। अर्को देशको कानुन मिच्ने, च्यात्ने गर्नुभएको छ। त्यहाँ माफी माग्नु पर्छ।’

    उनले रविलाई लक्षित गर्दै अमेरिकामा गएर श्रीमती र बच्चाहरुसँग माफी माग्न समेत आग्रह गरिन्। लामिछानेले चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार