Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • स्याङ्जा २ मा धनराजको अग्रता कायमै, पछिपछि पद्मा अर्याल

    स्याङ्जा २ मा धनराजको अग्रता कायमै, पछिपछि पद्मा अर्याल

    अनलाइन नेपाल
  • शुक्रबार, १६ मंसिर २०७९
  • 759
    SHARES

    काठमाडौं । मतगणना जारी रहेको स्याङ्जा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरूङले निरन्तर अग्रता लिइरहेका छन्।

    मतगणनाको पछिल्लो विवरण अनुसार गुरूङले १३ हजार २ सय ४० मत ल्याएका छन्। यहाँ नेकपा एमालेकी उम्मेदवार पद्माकुमारी अर्यालले ११ हजार ८०५ मत ल्याएकी छन्।



    राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरूङले ५ हजार ८७६ मत ल्याएका छन्। यस्तै प्रदेश सभातर्फ १ मा नेपाली कांग्रेसका भोजराज अर्याल विजयी भइसकेका छन्।



    यस्तै प्रदेश सभा २ मा नेकपा एमालेका उम्मेदवार बुद्धिमान श्रेष्ठले सुरूआती अग्रता बनाएका छन्। उनले १२१५ मत पाउँदा नेपाली कांग्रेसका महेश भट्टराईले ३०२ मत पाएका छन्।

    उनीहरूबीच ९१३ को मतान्तर छ। मंसिर ४ मा मतदान भए पनि विवादका कारण स्याङ्जा २ मा मतगणना सुरू हुन सकेको थिएन। निर्वाचन आयोगको निर्णयपछि ढिला गरी मतगणना सुरू गरिएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार