Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • एमाले सांसद गिरी भन्छन्- राज्य संयन्त्र नै भ्रष्टाचारमा लिप्त भयो

    एमाले सांसद गिरी भन्छन्- राज्य संयन्त्र नै भ्रष्टाचारमा लिप्त भयो

    अनलाइन नेपाल
  • मंगलबार, १२ बैशाख २०८०
  • 534
    SHARES

    काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले भ्रष्टाचारको कारणले देश कंगाल भएको बताएका छन् ।

    मंगलबार राष्ट्रिय सभाबाट पारित भएर आएको भ्रष्टाचार निवारण सम्बन्धी विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले राज्यका निकायहरु आफैं भ्रष्टाचारमा लिप्त हुँदा भ्रष्टाचारसम्बन्धी कानुनहरु कार्यान्वयन हुन नसकेको बताए ।



    सरकारले अहिले ल्याउन लागेको विधेयकमा भ्रष्टाचार गरेको ५ वर्षभित्र मात्रै कानून लाग्ने भन्ने प्रावधान शंकास्पद भएको भन्दै भ्रष्टाचारीलाई कारबाही गर्ने संकल्प संसद्‍बाट सबैले गर्नुपर्ने उनको भनाई छ ।



    गिरीले आवश्यक परे भ्रष्टाचार गर्नेहरुलाई आजीवन जेल सजाय हुनेगरी विधेयक ल्याउन माग समेत गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार