Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • लुम्बिनी प्रदेशको मुख्यमन्त्रीका लागि डिल्ली चौधरीद्वारा दाबी पेस

    लुम्बिनी प्रदेशको मुख्यमन्त्रीका लागि डिल्ली चौधरीद्वारा दाबी पेस

    अनलाइन नेपाल
  • बिहिबार, १४ बैशाख २०८०
  • 477
    SHARES

    बुटवल । कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीका लागि दाबी पेस गरेका छन् ।

    चौधरीले ८ दलका ५३ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित प्रदेश प्रमुख अमिक शेरचनसमक्ष दाबी पेस गरेका हुन् ।



    चौधरीले नेपाली कांग्रेससहित, माओवादी केन्द्र, जसपा, लोसपा, नागरिक उन्मुक्ति, जनमत, राष्ट्रिय जनमोर्चा, एकीकृत समाजवादी लगायतको समर्थनमा दाबी पेश गर्न गरेका छन् ।



    यसअघि बनेको एमाले नेता लिला गिरी नेतृत्वको सरकारले सोमबार विश्वासको मत प्राप्त गर्न नसकेपछि ढलेको थियो । नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार प्रदेश प्रमुख शेरचनले नयाँ सरकार गठनको लागि आज दिउँसो ४ बजेभित्र दावी पेश गर्न समयसीमा दिएका थिए।

    ८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा बहुमतका लागि ४४ सांसदको समर्थन चाहिन्छ । लुम्बिनीमा एमालेका २९, नेपाली कांग्रेसका २७, माओवादीका ११, राप्रपाका र नागरिक उन्मुक्ति पार्टीका ४–४ जना, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ३–३ जना, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका एक–एकजना र स्वतन्त्र एक सांसद रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार