Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • लुम्बिनीका मुख्यमन्त्री चौधरीले गरे माओवादीका दुई मन्त्रीलाई बर्खास्त

    लुम्बिनीका मुख्यमन्त्री चौधरीले गरे माओवादीका दुई मन्त्रीलाई बर्खास्त

    अनलाइन नेपाल
  • बुधबार, २३ फाल्गुन २०८०
  • 486
    SHARES

    बुटवल । लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले दुई मन्त्रीलाई बर्खास्त गरेका छन्।

    नेकपा माओबादी केन्द्रबाट अर्थमन्त्री धनबहादुर मास्की र शहरी विकासमन्त्री कृष्णा केसीलाई मुख्यमन्त्री चौधरीले पदबाट बुधबार बर्खास्त गरेका हुन्।



    माओवादीका दुई मन्त्रीलाई बर्खास्त गरिएको मुख्यमन्त्री कार्यलयले पुष्टि गरेको छ।



    केन्द्रमा समीकरण भत्किएपछि लुम्बिनीमा पनि माओवादी मन्त्रीहरुलाई सरकारबाट हटाइएको हो।

    माओवादी केन्द्रले पनि कांग्रेस नेतृत्वमा रहेको लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ।

    चौधरी गत वैशाख १४ गते नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीबाहेक अन्य सबै ८ दलको समर्थनमा मुख्यमन्त्री बनेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार