Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • लुम्बिनीका मुख्यमन्त्री चौधरीले बोलाए संसदीय दलको बैठक

    लुम्बिनीका मुख्यमन्त्री चौधरीले बोलाए संसदीय दलको बैठक

    अनलाइन नेपाल
  • बिहिबार, २२ चैत्र २०८०
  • 351
    SHARES

    बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेशसभा संसदीय दलको आकस्मिक बैठक बोलाएका छन्।

    मुख्यमन्त्री चौधरीले प्रदेशसभा बैठक दिउँसो ४ बजे बस्नु अगावै नेपाली कांग्रेस लुम्बिनी प्रदेशसभा संसदीय दलको बैठक बोलाएका हुन् ।



    बिहीबार बस्ने प्रदेशसभाको चौथो अधिवेशनको पहिलो बैठकमा मुख्यमन्त्री चौधरीले विश्वासको मत लिने कार्यसूची छ ।



    मुख्यमन्त्री चौधरीले बहुमत जुटाउने प्रयास गरेपनि असफल भएपछि राजीनामा दिने मनस्थितिमा पुगेको स्रोतले बतायो ।

    बहुमत पुगे विश्वासको मत लिने, नपुगे पदबाट राजनीनामा दिने बारेमा छलफल गरेर निर्णय लिने लुम्बिनी कांग्रेसले जनाएको छ ।

    सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले फागुन २३ मा समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको थियो ।

    गत वर्ष वैशाख १४ गते आठ राजनीतिक दल र एक स्वतन्त्र गरी ५३ जना सांसदको समर्थनमा मुख्यमन्त्रीमा चौधरी नियुक्त भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार