Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • लुम्बिनीका मुख्यमन्त्री चौधरीले भने – संघीय सरकारले प्रदेशलाई अधिकार दिन खोजिरहेको छैन्

    लुम्बिनीका मुख्यमन्त्री चौधरीले भने – संघीय सरकारले प्रदेशलाई अधिकार दिन खोजिरहेको छैन्

    अनलाइन नेपाल
  • शुक्रबार, ५ माघ २०८०
  • 441
    SHARES

    बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले संघीयता कार्यन्वयनका लागि तीनै तहका सरकारबीच समन्वय जरुरी रहेको बताएका छन्।

    लुम्बिनी प्रदेश समन्वय समितिको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री चौधरीले यस्तो बताएका हुन् ।



    मुख्यमन्त्री चौधरीले प्रदेश सरकारले स्थानीय तहसँगको समन्वयलाई प्रभावकारी बनाएपनि संघीय सरकारले प्रदेशको अधिकार दिन नखोजेको बताए ।



    त्यसका लागि प्रधानमन्त्रीसँग पटक पटक छलफल गरिसकेको पनि मुख्यमन्त्री चौधरीले बताए । लुम्बिनी प्रदेश समन्वय परिषदको बैठक हरेक चार महिनामा एक पटक बस्दै आएको छ ।

    बैठकका सहभागीहरूले सरकारले बनाएको बन ऐन संशोधन गरेर वनका ढलापडा काठको संकलन र विक्री, नदीजन्य सामाग्रीको घाटगद्धी गरेर विक्री गर्ने निर्णयको प्रभावकारी कार्यान्वयन, राजश्व संकलनमा देखिएको जटिलता लगायतका विषयमा समाधान र सहजीकरणका लागि आग्रह गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार