Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • लुम्बिनीका मुख्यमन्त्री चौधरीले २२ गते विश्वासको मत लिने

    लुम्बिनीका मुख्यमन्त्री चौधरीले २२ गते विश्वासको मत लिने

    अनलाइन नेपाल
  • मंगलबार, २० चैत्र २०८०
  • 399
    SHARES

    देउखुरी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले चैत २२ गते विश्वासको मत लिने भएका छन् ।

    मुख्यमन्त्री चौधरीले चैत २२ गते दिउँसो ४ बजे विश्वासको मत लिने तयारी थालेका हुन् । केन्द्रमा नयाँ गठबन्धन बनेसँगै मुख्यमन्त्री चौधरीले नेकपा माओवादी केन्द्रका मन्त्रीलाई बर्खास्त गरेका थिए ।



    त्यसपछि माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले बिहीवार बजेट अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ ।



    मुख्यमन्त्री चौधरीले विश्वासको मत प्रयोजनका लागि अधिवेशन आह्वान गरेका छन्। सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

    त्यसैका आधारमा मुख्यमन्त्री चौधरीले विश्वासको मत लिन लागेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार