Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • लुम्बिनीका मुख्यमन्त्री चौधरीले सोमवार विश्वासको मत लिने

    लुम्बिनीका मुख्यमन्त्री चौधरीले सोमवार विश्वासको मत लिने

    अनलाइन नेपाल
  • शुक्रबार, १५ बैशाख २०८०
  • 720
    SHARES

    दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले वैशाख १८ गते सोमबार विश्वासको मत लिने भएका छन् ।

    शुक्रबार पद तथा गोपनियताको शपथपछि देउखुरीमा पदभार ग्रहणपछि बसेको मन्त्रिपरिषदको बैठकले सोमवार विश्वासको मत लिने निर्णय गरेको हो ।



    मन्त्रिपरिषद्को बैठकले लुम्बिनी प्रदेशलाइ पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने, स्थानीय उत्पादनको बजारीकरण गरेर रोजगारी सृजना गर्ने, प्रदेश सरकारलाई घरघरसम्म पुर्‍याउने गरी कार्यक्रम निर्माण गर्ने निर्णय गरेको छ ।



    ८७ सदस्यीय लुम्बिनी प्रदेशसभा मुख्यमन्त्री चौधरीलाई नेपाली कांग्रेसका २७, माओवादीका ११, नागरिक उन्मुक्ति पार्टीका ४ जना, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ३–३ जना, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादीका एक–एकजना र स्वतन्त्र एक सांसद गरी ५३ जना सांसदको समर्थन छ ।

    बिहिवारमात्रै ५३ जना सांसदको समर्थनमा कांग्रेसका चौधरी मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार