Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • वडाध्यक्ष नै लागूऔषध तस्करीमा,२०२ केजी गाँजासहित तीन जना पक्राउ

    वडाध्यक्ष नै लागूऔषध तस्करीमा,२०२ केजी गाँजासहित तीन जना पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, १९ बैशाख २०८०
  • 558
    SHARES

    मकवानपुर । लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी)ले २०२ केजी गाँजासहित वडाध्यक्षलाई पक्राउ गरेको छ ।

    मकवानपुरको थाहा नगरपालिका-७ का वडाध्यक्ष शिवराज थिङलाई प्रहरीले २०२ केजी गाँजासहित पक्राउ गरेको हो ।



    पक्राउ पर्नेमा थाहा नगरपालिका घर भएका ६७ वर्षीय इन्द्रबहादुर थिङ, ७६ भीमबहादुर थिङ र ३९ वर्षीय शिवराज थिङ रहेका छन्।  घरभित्र स्टोर गरी राखेको २ सय २ किलो गाँजा बरामद गरिएको एनसीबीले जनाएको छ ।



    लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर काठमाडौं र जिल्ला प्रहरी कार्यालयबाट खटिएको संयुक्त टोलीले भीमबहादुर र शिवराजको घरबाट ३० वटा पोकामा २७ केजी र इन्द्रबहादुरको घरबाट १० वटा बोरामा १७५ केजी लागूऔषध गाँजा फेला पारेको थियो।

    पक्राउ परेका उनीहरूमाथि अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ। बरामद लागूऔषधको बजार मूल्य अन्दाजी ३० लाख भन्दा बढी रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार