Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • एक वर्षमा लागूऔषध प्रयोग गर्ने साढे पाँच हजारभन्दा बढी पक्राउ

    एक वर्षमा लागूऔषध प्रयोग गर्ने साढे पाँच हजारभन्दा बढी पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, २ साउन २०८०
  • 399
    SHARES

    संकेतिक तस्विर

    काठमाडौं । लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी)ले लागूऔषध कारोवार तथा सेवनमा संलग्न पाँच हजार छ सय ११ जनालाई पक्राउ गरेको छ ।

    ब्यूरोले गत आर्थिक वर्ष २०७९८० मा लागूऔषध कारोबार तथा सेवनमा संलग्न रहेको आरोपमा प्रहरीले पाँच हजार छ सय ११ जनालाई पक्राउ गरेको हो ।



    ब्यूरोका अनुसार उनीहरुबाट १८ हजार २२ किलो गाँजा, पाँच सय २८ किलो चरेस, १४ किलो तीन सय ५० ग्राम हिरोइन, १४ किलो पाँच सय ६७ ग्राम कोकिन र ३४ किलो दुई सय ५८ अफिम बरामद भएको थियो ।



    उक्त अवधिमा ६२ हजार दुई सय ७९ एम्पुल ब्रुफेन, ६७ हजार चार सय ३४ एम्पुल डियाजेपाम, ३४ हजार आठ सय २९ एम्पुल फेनारगन, एक लाख पाँच हजार चार सय १४ ट्याबलेट नाइट्राभेट १० हजार सात सय ९७ ट्रामाडोल, आठ हजार नौ सय ५१ बोतल कोरेक्स तथा डाइलेक्स एवं पाँच सय एक किलो खात बरामद गरिएको ब्यूरोले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार