Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • लागूऔषध कारोबारमा संलग्न २ विदेशीसहित १० जना पक्राउ

    लागूऔषध कारोबारमा संलग्न २ विदेशीसहित १० जना पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, १७ असार २०८०
  • 801
    SHARES

    काठमाडौं। लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी)ले अवैध लागूऔषध कारोबारमा संलग्न १० जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा दुईजना विदेशी रहेका छन् । ४१ वर्षीय माल्दोभियन नागरिक डेनिस फुकेरेभीलाई ८ किलो ७४० ग्राम चरेशसहित पक्राउ गरिएको लागुऔषध नियन्त्रण एनसीबीका प्रवक्ता एसपी चक्रराज जोशीले बताए ।



    माल्दोभियन नागरिक असार ३१ मा टर्किस एयरको उडानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्वीजरल्याण्ड जाँदै थिए । गणतन्त्र यमनका नागरिक मोहम्मद याह्य अब्दो मोहम्मद २१ केजी १६० ग्राम लागुऔषध खातसहित पक्राउ गरिएको हो ।



    ब्यूरोले झापाबाट भानुभक्त लिङ्देन, रुपन्देहीबाट कमामुद्दिन मुसलमान, वीरगञ्जबाट अनिल सिंह, सिराहबाट विवेक ठाकुर र सत्यानारायण कारकलाई पक्राउ गरेको छ । बाँकेको नेपालगञ्जबाट रन्जन खान र चादे राई पक्राउ परेका छन् ।

    रन्जन र चादेको साथबाट प्रहरीले २० ग्राम खैरो हेरोइन बरामद गरेको छ । सिरहाबाट पक्राउ गरिएका २० वर्षीय विवेक ठाकुर र सत्यनारायणको साथबाट ६२ ग्राम खैरो हेरोइन बरामद गरिएको छ ।

    प्रहरीले वीरगञ्जबाट पक्राउ परेका २० वर्षीय अनिल सिंहको साथबाट १४ सय ७० थान नाइट्रोभेट ट्याब्लेट बरामद गरेको छ ।

    झापाको शिवसताक्षी नगरपालिका घर भएका ४५ वर्षीय भानुभक्त लिङ्देनको साथबाट ३२ ग्राम र नाइट्रोभेट ट्याब्लेट ९ थान बरामद गरिएको प्रवक्ता जोशीले जानकारी दिए । ३५ वर्षीय कमामुद्दिनको साथबाट नाइट्राभेट, स्पास्मो २ सय क्याप्सुल र कोरेक्स २ लिटर बरामद गरिएको एनसीबीका प्रवक्ता जोशीले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार