Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • नाबालिकालाई प्रयोग गरी लागूऔषध कारोवार, एक जना प्रहरी फन्दामा

    नाबालिकालाई प्रयोग गरी लागूऔषध कारोवार, एक जना प्रहरी फन्दामा

    अनलाइन नेपाल
  • मंगलबार, २ साउन २०८०
  • 639
    SHARES

    काठमाडौं । लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी)ले लागूऔषध कारोवारमा संलग्न एक जनालाई पक्राउ गरेको छ ।

    प्रहरीले आइतवार नै पर्साको धोबिनी गाउँपालिका– ५ का २७ वर्षीय फैजउल्लाह साहलाई पक्राउ गरेको हो ।



    लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्‍वरबाट खटिएको टोलीले त्रिभुवन बिमानस्थल कार्गो कम्प्लेक्सबाट अमेरिकाको क्यालिफोर्नियाबाट आएको अबैध लागूऔषध गाँजासहित एक नाबालिकालाई पक्राउ गरेको थियो ।



    उक्त नाबालिकाको साथबाट लागूऔषध नियन्त्रण ब्यूरोले २ केजी गाँजा बरामद गरेको थियो । उक्त लागूऔषध गाँजाको बारेमा अनुसन्धान गर्दै जाँदा नाबालिकालाई प्रयोग गरी फैजुलाहाले लागूऔषध नेपाल भित्रयाएका थिए ।

    अमेरिकाबाट आएको पार्सल हुलाक कार्यालयमा लिन आउँदा युवतिलाई ब्यूरोको टोलीले पक्राउ गरेको थियो । युवतिलाई पक्राउ गरेपछि प्रहरीले उनले भनेको व्यक्तिलाई पनि खोजी गर्‍यो ।

    पार्सल लिने बहानामा लागूऔषध रिसिभ गराउने साहको धन्दा नै रहको खुल्यो । साहले आईडी कार्ड बनाइदिने भन्दै नागरिकताको फोटोकपी र मोबाइल नम्बर लिएर अमेरिकास्थित तस्करहरूलाई पठाएका थिए ।

    अमेरिकाको क्यालिफोर्नियाबाट नेपालमा गाँजा पठाउने समूहले युवतिकै नाममा पठाएका थिए । प्रहरीका अनुसार साहले यसअघि अर्का एक युवकलाई प्रयोग गर्दै आएको पाइएको छ ।

    अहिलेसम्म उनले कति जनालाई प्रयोग गरे भन्ने नखुलेको प्रहरीले जनाएको छ । उक्त गाँजा किलोको ३४ लाख रुपैयाँ पर्ने गरेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार