Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • हास्य कलाकार भारती सिंहका श्रीमान् हर्ष पनि पक्राउ

    हास्य कलाकार भारती सिंहका श्रीमान् हर्ष पनि पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, ७ मंसिर २०७७
  • 2.8K
    SHARES

    एजेन्सी । नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले हास्यकलाकार भारती सिंहपछि उनका श्रीमान् हर्ष लिम्बचियालाई पनि ड्रग्स केसमा पक्राउ गरेको छ ।

    भारती र हर्षको घरमा शनिबार छापामारी गरिएको थियो जहाँ उनीहरुको घरमा गाँजा भेटिएको थियो । यतिमात्रै होइन, एनसीबी अधिकारीको सोधपुछमा हर्ष र भारतीले गाँजा सेवन गर्ने गरेको स्विकारेका छन् ।



    एनसीबीका क्षेत्रीय निर्देशक समिर वनखेडेले सो कुराको पुष्टि गरेका हुन् । घरमा गाँजा भेटिएपछि भारती र हर्षलाई समन पठाएर एनसीबी कार्यालयमा सोधपुछका लागि बोलाइएको थियो । शनिबार बेलुका सोधपुछ पछि भारतीय सिंहलाई पक्राउ गरिएको थियो । भारती र हर्षका सहयोगीसँग पनि सोधपुछ गरिएको थियो । उनीहरुले गाँजा मगाउने स्रोतबारे पनि एनसीबीले पत्ता लगाइसकेको बताइएको छ ।



    भारती सिंहलाई पक्राउ गरेपछि एनसीबीले रातभरी अफिसमा नै राख्यो । त्यहाँ उनीसँग सोधपुछ चल्यो । भारतीकी आमालाई छोरीलाई राती नै भेट्न पुगिन् तर भेट्ने अनुमति दिइएन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार