Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • लागूऔषध कारोबारमा संलग्न १६ जना पक्राउ

    लागूऔषध कारोबारमा संलग्न १६ जना पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, २८ साउन २०८०
  • 1.1K
    SHARES

    काठमाडौं। लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी)ले अवैध लागूऔषध कारोबारमा संलग्न १६ जनालाई पक्राउ गरेको छ ।

    लागूऔषधको अवैध कारोबार भइरहेको भन्ने सुचनाका आधारमा लागूऔषध नियन्त्रण व्युरोबाट खटिएको प्रहरी टोलीले १६ जनालाई विभिन्न मितिमा अवैध लागूऔषधसहित पक्राउ गरेको हो ।



    एनसीबीले साउन १४ गते काठमाडौं महानगरपालिका १५ बाट भूषण महर्जन, सुभाष घतानी र राजन राईलाई पक्राउ गरेको छ । उनीहरुको साथबाट एनसीबीले ५२ ग्राम ६१० मिलिग्राम लागूऔषध खैरो हेरोईन बरामद गरेको हो ।



    ब्यूरोबाट खटिएको प्रहरी टोलीले काठमाडौंको चन्द्रागिरी नगरपालिकाबाट हेटौडा बस्ने उमा शंकर दास र सोहि ठाँउका अब्दुल मिया दर्जीलाई पक्राउ गरेको थियो ।

    ब्यूरोले लागूऔषध बुप्रेनोर्फिन नुफिन ५०० एम्पुल, डाईजेपाम ५०० एम्पुल र फेनारगन ५०० एम्पुल गरी जम्मा १५०० एम्पुल बरामद गरेको छ ।

    एनसीबीको टोलीले तिलगंगाबाट ईलाम नगरपालिकाका ज्ञान बहादुर राई, बिकास बसेल र कुमार लिम्बुलाई पक्राउ गरेका छ । उनहिरुको साथबाट ३७ ग्राम ५०० मिलिग्राम खैरो हेरोईन बरामद भएको एनसीबीले जनाएको छ ।

    विभिन्न स्थानमा भएको प्रहरी कारबाहीमा लागूऔषधको कारोबार गर्ने १६ जनालाई खैरो हेरोईन १३३ ग्राम १५० मिलिग्राम र नियन्त्रित लागु औषध २८८६ एम्पुल सहित बरामद गरी थप अनुसन्धान भईरहेको एनसीबीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार