Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • आज विश्वासको मत लिँदै गण्डकीका मुख्यमन्त्री पाण्डे

    आज विश्वासको मत लिँदै गण्डकीका मुख्यमन्त्री पाण्डे

    अनलाइन नेपाल
  • बिहिबार, २१ बैशाख २०८०
  • 534
    SHARES

    कास्की । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत लिँदै छन् ।

    दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा उनले विश्वासको मत लिन लागेका हुन् । यही वैशाख १४ गते नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता पाण्डे मुख्यमन्त्रीमा नियुक्त भएका थिए।



    ६० सदस्यीय प्रदेशसभामा कांग्रेसका २७, नेकपा (माओवादी केन्द्र) सात र नेकपा (एकीकृत समाजवादी) एक गरी ३५ प्रदेशसभा सदस्यको समर्थनमा उनी प्रदेशको चौथौ मुख्यमन्त्री बनेका हुन्।



    मुख्यमन्त्री पाण्डे विश्वासको मत लिएपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारीमा छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार