Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • भुटानी शरणार्थी प्रकरणमा संलग्नहरु उम्किन पाउँदैनन् : कांग्रेस प्रवक्ता महत

    भुटानी शरणार्थी प्रकरणमा संलग्नहरु उम्किन पाउँदैनन् : कांग्रेस प्रवक्ता महत

    अनलाइन नेपाल
  • शुक्रबार, २२ बैशाख २०८०
  • 654
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले नक्कली भुटानी शरणार्थी बनाएर ठगी प्रकरणमा संलग्न रहेकाहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन् ।

    सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा शुक्रबार बसेको पदाधिकारी बैठकपछि बोल्दै प्रवक्ता महतले यस्तो बताएका हुन् ।



    प्रवक्ता महतले भने,‘यो अमानवीय र आपराधिक काम हो। को-को संलग्न छन्, कसरी संलग्न भएका छन् त्यो त अनुसन्धानबाट बाहिर आउला । तर हामी चाहन्छौं कि, जो-जो आपराधिक क्रियाकलापमा संलग्न छन्। उनीहरू सजायको दायरामा आउनुपर्छ र आउँछन्।’



    प्रवक्ता महतले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न जो कोहीलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्ने बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार