Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट, कारोबार ६० करोडमा खुम्चियो

    नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट, कारोबार ६० करोडमा खुम्चियो

    अनलाइन नेपाल
  • आइतबार, २४ बैशाख २०८०
  • 501
    SHARES

    काठमाडाैं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज १९.१२ अंकले घटेको छ ।

    नेपाल स्टक एक्सचेन्जको अनुसार आज सेयर बजार घटेर १८५०.६१ विन्दुमा पुगेको छ ।



    आज सबै समूहको शेयर ओरालो लागेकोमा फाइनान्स र जलविद्युत् समूहको शेयर उच्च अङ्कले घटेको छ । बजारसँगै कारोबार रकममा पनि निकै कमी आएको छ ।



    २६३ वटा कम्पनीका २० लाख १५ हजार कित्ता शेयर ६० करोड ८१ लाख रुपैयाँमा कारोबार भएका छन् । बिहीबारको तुलनामा करोबार रकम झन्डै १३ करोडले घटेको हो ।

    जसमा सबैभन्दा बढी शिवम् सिमेन्टले ३ करोड २२ लाख बराबरको कारोबार गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार