Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • संघीय संसदका दुवै सदनको बैठक आज पनि बस्दै

    संघीय संसदका दुवै सदनको बैठक आज पनि बस्दै

    अनलाइन नेपाल
  • सोमबार, २५ बैशाख २०८०
  • 516
    SHARES

    काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आज पनि बस्दैछ ।

    नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सोमबार बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बस्ने भएको हो ।



    संसदमा सोमबारदेखि बजेटका सिद्धान्त तथा प्राथमिकता (प्रि-बजेट) माथि छलफल सुरु हुने भएको संसद सचिवालयले जनाएको छ ।



    सोमबार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म प्रि-बजेटमाथि छलफल गर्ने र २७ गते अर्थमन्त्री डा. महतले जवाफ दिने कार्यक्रम तय भएको छ ।

    प्रतिनिधि सभाको बजेट अधिवेशन सुरु भएको पहिलो दिन आइतबार अर्थमन्त्री महतले बजेटका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गरेका थिए । सोमबारदेखि त्यसैमा छलफल हुन लागेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार