Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • टोपबहादुरलाई पक्राउ गर्न सबै जिल्लामा सर्कुलर, भारत भागेको आशंका

    टोपबहादुरलाई पक्राउ गर्न सबै जिल्लामा सर्कुलर, भारत भागेको आशंका

    अनलाइन नेपाल
  • सोमबार, २५ बैशाख २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । एमाले सचिव टोपबहादुर रायमाझीलाई पक्राउ गर्न सबै जिल्ला प्रहरी कार्यालयमा सर्कुलर गरिएको छ । प्रहरीलाई आफैं आउँछु भन्दै ढाँटेर भागेका रायमाझीलाई पक्राउ गर्न जिल्ला प्रहरी परिसर काठमाडौंको अनुरोधमा प्रहरी प्रधान कार्यालयलले सबै जिल्लामा सर्कुलर गरेको हो ।

    भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाइदिने भन्दै ठगी गरेको आरोपमा टोपबहादुरविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । तर गत बुधबारदेखि रायमाझी फरार भएका छन् । पूर्व उप्रधानमन्त्री समेत रहेका रायमाझीलाई पक्राउ गर्न सबै जिल्ला प्रहरी कार्यालयमा सर्कुलर गरिएको नेपाल प्रहरीले जनाएको छ ।



    गत बुधबार पक्राउ पुर्जी जारी भएपछि रायमाझीले काठमाडौं पुगेर अनुसन्धानमा सहयोग गर्ने प्रतिक्रिया दिएका थिए । तर त्यसै साँझदेखि उनी मोबाइल बन्द गरेर भागेका हुन् । नेपाली युवालाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै करिब ८७५ जना नेपालीसँग १० देखि ५० लाखसम्म रकम उठाउन सक्रिय गिरोहसँगको मिलेमतोको आरोप उनीमाथि लागेको छ ।



    सो गिरोहमा सक्रिय रहेका उनका छोरा सन्दीप रायमाझीलाई प्रहरीले बुधबार बेलुका नै बुटवलबाट पक्राउ गरेको छ । फरार भएका रायमाझी भारत भागेको हुनसक्ने पनि प्रहरीको आशंका छ।

    उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे, सन्दीप रायमाझी, इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारी, टंक गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङ राई पक्राउ परिसकेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार