Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • अर्थमन्त्रीलाई अध्यक्ष लिङ्देनको प्रश्न- यही आर्थिक नीतिले संकट सामना गर्न सकिन्छ ?

    अर्थमन्त्रीलाई अध्यक्ष लिङ्देनको प्रश्न- यही आर्थिक नीतिले संकट सामना गर्न सकिन्छ ?

    अनलाइन नेपाल
  • मंगलबार, २६ बैशाख २०८०
  • 456
    SHARES

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले बजेटका सिद्धान्त र प्राथमिकता झारफुक गरेजस्तो मात्र भएको बताएका छन् ।

    मंगलबार प्रतिनिधिसभाको दोस्रो बैठकमा विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उनले राजस्वले चालु खर्च पनि धान्न नसकेको बताए ।



    अध्यक्ष लिङ्देनले प्राथमिकतामा सबै विषयलाई छुन खोजिएको र विगतको भन्दा फरक नरहेको टिप्पणी गरे ।



    यही आर्थिक नीतिले संकटको सामना गर्न नसकिने भन्दै देशको अर्थतन्त्र सुधारको लागि सरकारलाई आफूहरुले आवश्यक सहकार्य गर्न तयार रहेको बताए ।

    त्यसको लागि प्रदेश सरकार खारेज गर्नुपर्ने उनको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार