Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • राजनीतिक दलका नेताहरुलाई लिङ्देनको चेतावनी – देशबाट भाग्नुपर्ने स्थिति आउनुअघि सच्चिनू

    राजनीतिक दलका नेताहरुलाई लिङ्देनको चेतावनी – देशबाट भाग्नुपर्ने स्थिति आउनुअघि सच्चिनू

    अनलाइन नेपाल
  • शनिबार, २० असोज २०८०
  • 726
    SHARES

    फाइल तस्विर

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले नयाँ सहमति नगरे र दलहरु नसच्चिए अब जनदबाबको आँधीबेरीको तयारी गर्ने बताएका छन् ।

    शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।



    राजनीतिक दलका नेताहरुलाई देशबाट भाग्नुपर्ने स्थिति आउनुभन्दा अगाडि सच्चिन चेतावनी दिँदै उनले राप्रपा पार्टीले अब देशको नेतृत्व नगरेसम्म देशभित्रै गरिखाने वातावरण सिर्जना नहुने दाबी गरे ।



    उनले दसैं तिहार सकिएपछि आन्दोलनको आँधीबेरी सिर्जना गर्नेगरी अघि बढ्न दलका नेता, कार्यकर्तालाई निर्देशन समेत दिए । यस्तै संघीयता देशको लागि आवश्यक नभएको पनि उनको दाबी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार