Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • हिन्दु राष्ट्रको मुद्दा उठाउनु सत्ता स्वार्थ होईन्, तर जनताले साथ दिए सम्भव छ : अध्यक्ष लिङ्देन

    हिन्दु राष्ट्रको मुद्दा उठाउनु सत्ता स्वार्थ होईन्, तर जनताले साथ दिए सम्भव छ : अध्यक्ष लिङ्देन

    अनलाइन नेपाल
  • सोमबार, १ साउन २०८०
  • 456
    SHARES

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले हिन्दु राष्ट्रको मुद्दा उठाउनु स्वार्थ र सत्तासँग केन्द्रित विषय नभएको बताएका छन् ।

    सोमबार नेपाल सनातन धर्म, संस्कृति, संगठनद्वारा आयोजित सनातन हिन्दु राष्ट्रको लागि पदयात्रा कार्यक्रममा सहभागी भएका अध्यक्ष लिङदेनले यस्तो बताएका हुन् ।



    उनले हिन्दु राष्ट्रको मुद्दा बहुसंख्यक नेपालीहरुले उठाएको मुद्दा भएकाले उनीहरुलाई बुझाउनका लागि मात्र पदयात्रा गरेको जिकिर गरे । उनले शान्तिपूर्ण बाटोबाट नेपालमा हिन्दुराष्ट्र पुनः स्थापना आफूले चाहेको भन्दै जनताले साथ दिए राजतन्त्र फर्किन सक्ने सम्भव रहेको उल्लेख गरे ।



    राजतन्त्र फर्किने कुरा जनतामा निर्भर हुने भएकाले जनता राप्रपाको मुद्दामा समर्थन गरिरहेको उनको भनाइ थियो।

    अध्यक्ष लिङदेनले भने, ‘हिन्दु राष्ट्रको मुद्दा उठाउनु स्वार्थ र सत्तासँग केन्द्रित विषय होइन। राजतन्त्र फर्किने कुरा जनतामा निर्भर हुने कुरा हो, धेरै जनता हाम्रो मुद्दामा सहमत हुनुहुन्छ, पुनः स्थापना हुन सम्भव छ ।’

    उनले विगतमा भावावेश र विदेशीको दबाबमा आएर हिन्दु राष्ट्र हटाइएपनि अब सच्चिन राजनीतिक दलहरुलाई आग्रह समेत गरे । राप्रपाले साउनको पहिलो सोमबार र साउने संक्रान्तिको अवसरमा मैतीदेवीदेखि पशुपतिनाथसम्म पदयात्रा गरेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार