Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • पृथ्वीनारायण शाहको प्रतिमा हटाएपछि राप्रपाले जलायो पोखराका मेयर धनराजको पुत्ला

    पृथ्वीनारायण शाहको प्रतिमा हटाएपछि राप्रपाले जलायो पोखराका मेयर धनराजको पुत्ला

    अनलाइन नेपाल
  • शनिबार, २७ साउन २०८०
  • 1.1K
    SHARES

    पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीले पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको पुत्ला दहन गरेको छ । पृथ्वीचोकमा रहेको पृथ्वीनारायण शाहको प्रतिमा हटाएको विरोधमा राप्रपा कास्की जिल्ला समितिले मेयर आचार्यको पुत्ला दहन गरेको हो ।

    आदिवासी दिवसका दिन बिहीबार पृथ्वीनारायण शाहको शालिकसँगै राखिएको प्रतिमा हटाइएपछि शालिकको विवाद सुरु भएको थियो । आदिवासी जनजाति दिवसको दिन प्रतिमा हटाएको पाइएपछि राप्रपाले पृथ्वीचोकमा लखन थापाको सालिकसँगै पृथ्वीनारायण शाहको प्रतिमा राखेको थियो ।



    मसाल जुलुससहित मेयरविरुद्ध नारा लगाउँदै पुत्ला जलाएको राप्रपाले निरन्तर आन्दोलन गर्ने चेतावनी दिएको छ । यता राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पोखरा महानगरपालिकाले पृथ्वीनारायण शाहको सालिक हटाउनु दुःखद् र निन्दनीय भएको बताएका छन् ।



    ‘मध्यरातमा त्यो पनि महानगर प्रमुखको निर्देशनमा बडामहाराजाधिराज पृथ्वीनारायण शाहको प्रतिमा हटाउनु दुःखद् र निन्दनीय छ,’ उनले भनेका छन्, ‘जसको नेतृत्वमा हामीले नेपाली नाम र पहिचान प्राप्त गरायौं तीनै राजाको प्रतिमा हटाउनु, तोडफोड गर्नु संसारका अघि लाजमर्दो कुरा हो।’ पृथ्वीचोकबाट हटाइएको प्रतिमा तत्काल पुनः स्थापना गर्न लिङ्देनले सरकारको ध्यानाकर्षणसमेत गराएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार