Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • भुटानी शरणार्थी प्रकरणको मुद्दालाई कमजोर बनाउन खोज्नु राज्यविरुद्धको गद्दारी हो : भीम रावल

    भुटानी शरणार्थी प्रकरणको मुद्दालाई कमजोर बनाउन खोज्नु राज्यविरुद्धको गद्दारी हो : भीम रावल

    अनलाइन नेपाल
  • मंगलबार, २६ बैशाख २०८०
  • 543
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दालाई कमजोर बनाउन खोजे राज्यविरुद्धको गद्दारी ठहरिने टिप्पणी गरेका छन् ।

    काठमाडौंमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै रावलले यस्तो टिप्पणी गरेका हुन् ।



    उनले भुटानी शरणार्थी प्रकरण दबाउने प्रयास भइरहेको भन्दै मुद्दा कमजोर बनाउने कुचेष्टा नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चेतावनी दिए ।



    नक्कली भुटानी शरणार्थी प्रकरण २००७ सालयताकै देश र जनताविरुद्धको सबैभन्दा ठूलो प्रकरण भएको उनको भनाई छ । उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रत्यक्ष अप्रत्यक्ष संलग्न सबैलाई कानूनी दायरामा ल्याउनुपर्ने उनको माग छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार