Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • पृथ्वी सुब्बा गुरुङको प्रस्ताव- संघ र प्रदेशमा मन्त्रालयको सङ्ख्या घटाऔं

    पृथ्वी सुब्बा गुरुङको प्रस्ताव- संघ र प्रदेशमा मन्त्रालयको सङ्ख्या घटाऔं

    अनलाइन नेपाल
  • बुधबार, २७ बैशाख २०८०
  • 336
    SHARES

    काठमाडौं । नेकपा (एमाले) का सांसद पृथ्वीसुब्बा गुरुङले संघ र प्रदेशमा मन्त्रालयको संख्या घटाउनुपर्ने प्रस्ताव अघि सारेका छन्।

    प्रतिनिधिसभाको बैठकमा बोल्दै एमालेका उपमहाचिव तथा प्रवक्ता समेत रहेका गुरुङले संघमा मन्त्रालयको संख्या घटाएर १२ देखि १५ वटा र प्रदेशमा ७ वटा मन्त्रालय कायम गर्न प्रस्ताव गरेका हुन् ।



    उनले मन्त्रालय धेरै हुँदा फजुल खर्च भएको भन्दै खर्च कटौतीका लागि मन्त्रालय संख्या घटाएर पुँजीगत खर्च अभिवृद्धि गर्ने उपायका विषयमा सरकारले सोच्नुपर्ने बताए ।



    त्यस्तै, संविधान संशोधन गरेर अनावश्यक बोझ बनेर रहेको ७७ जिल्लाको जिल्ला समन्वय समिति भंग गर्न सके १५ सय कर्मचारीको फजुल खर्च घट्ने उनको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार