Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • पिसिआर परीक्षणको माग गर्दै गण्डकीमा सत्ता पक्षबाटै प्रदेशसभामा विरोध

    पिसिआर परीक्षणको माग गर्दै गण्डकीमा सत्ता पक्षबाटै प्रदेशसभामा विरोध

    अनलाइन नेपाल
  • मंगलबार, १४ बैशाख २०७८
  • 3K
    SHARES

    कास्की। गण्डकी प्रदेशसभाको बैठक २० मिनेटका लागि स्थगित भएको छ । प्रदेशसभाको विशेष अधिवेशन चलिरहँदा सत्तारुढ दल नेकपा एमालेका सांसदहरुले कोभिड–१९ को पिसीआर परीक्षण नगरी प्रदेशसभा बैठक अगाडि नबढाउन माग गर्दै उभिएर विरोध जनाएपछि बैठक २० मिनेटका लागि स्थगित भएको हो ।

    उनीहरुले कोरोना संक्रमण बढेको भन्दै प्रदेशसभा कर्मचारी तथा सांसदहरुको पिसिआर परीक्षण गरेरमात्र बैठक सञ्चालन गर्न माग गरेका छन् ।



    यसअघि सोमबार बसेको विशेष अधिवेशनको पहिलो बैठकको सुरुवातमा पनि सत्ता पक्षले संसद अवरुद्ध गरेको थियो । सभामुखले समय दिएपछि एमालेका सांसदले पिसिआर परीक्षण गरेरमात्र बैठक सञ्चालन हुनुपर्ने माग गरेका थिए । यद्यपि त्यसपछि बैठक सञ्चालन भएको थियो ।



    विशेष अधिवेशनको दोस्रो दिन अविश्वास प्रस्तावमाथि सांसदहरुले बोल्ने कार्यसूची छ । तर बैठक सुरु भएलगत्तै सत्ता पक्षले अवरोध गरेपछि केहीबेरका लागि बैठक स्थगित गरिएको छ ।

    प्रदेश सभाको बैठकमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङबिरुद्ध अविश्वासको प्रस्ताव टेबल भएर छलफल चलिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार