Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • नागरिक उन्मुक्तिले रामेश्वर चौधरीलाई संसदीय दलको नेताबाट हटायो

    नागरिक उन्मुक्तिले रामेश्वर चौधरीलाई संसदीय दलको नेताबाट हटायो

    अनलाइन नेपाल
  • बुधबार, २७ बैशाख २०८०
  • 600
    SHARES

    काठमाडौं । सुदूरपश्चिम प्रदेश नागरिक उन्मुक्ति पार्टी संसदीय दलको नेताबाट रामेश्वर चौधरीलाई हटाइएको छ ।

    बुधबार संसदीय दलको कार्यालयमा बसेको बहुमत सदस्यहरूको बैठकले चौधरीलाई संसदीय दलको नेताबाट हटाउँदै घनश्याम चौधरीलाई नयाँ जिम्मेवारी दिएको हो ।



    सात जना प्रदेश सभा सदस्य रहेको नागरिक उन्मुक्ति पार्टीमा चार जनाको हस्ताक्षरसहित संसदीय दलको नेता परिवर्तन गरेको सूचना प्रदेश सभा सचिवालयमा दिइएको छ ।



    त्यस्तै, प्रमुख सचेतकको जिम्मेवारी खुसीराम चौधरीलाई दिइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार