Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सर्‍यो बुधबार बस्ने तय भएको राष्ट्रिय सभाको बैठक

    सर्‍यो बुधबार बस्ने तय भएको राष्ट्रिय सभाको बैठक

    अनलाइन नेपाल
  • मंगलबार, २ जेष्ठ २०८०
  • 378
    SHARES

    फाइल तस्विर

    काठमाडौं । बुधबारका लागि तय गरिएको राष्ट्रिय सभाको बैठक सरेको छ ।

    अब बुधबारका लागि तय भएको बैठक शुक्रबार दिउँसो १ बजे बस्ने छ । आज संसद् सचिवालयले विज्ञप्तिमार्फत बैठकको मिति सारिएको जानकारी दिएको हो ।



    बैठक सारिनुको कारण भने खुलाइएको छैन ।



    विज्ञप्तिमा भनिएको छ,’बुधबार अपराह्न ६ः३१ बजे बस्ने गरी निर्धारण गरिएको संघीय संसद्, राष्ट्रिय सभाको बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकोले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय अध्यक्षज्यूले २०८० साल जेठ ५ गते शुक्रबार अपराह्न १ः०१ बजे बस्ने गरी निर्धारण गर्नुभएको ब्यहोरा माननीय सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार