Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • भुटानी शरणार्थी प्रकरणमा दोषी देखिए कोही पनि छुट्दैनन् : गृहमन्त्री श्रेष्ठ

    भुटानी शरणार्थी प्रकरणमा दोषी देखिए कोही पनि छुट्दैनन् : गृहमन्त्री श्रेष्ठ

    अनलाइन नेपाल
  • आइतबार, ७ जेष्ठ २०८०
  • 957
    SHARES

    गोरखा । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भुटानी शरणार्थी प्रकरणमा संलग्नहरुलाई तथ्य र प्रमाणका आधारमा कारवाही गर्ने बताएका छन् ।

    प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश तथा गोरखा जिल्ला समन्वय समितिको वार्षिक साधारण सभालाई सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले यस्तो बताएका हुन ।



    भुटानी शरणार्थी प्रकरणमा निर्दोष नफस्ने र दोषी नछुट्ने गृहमन्त्री श्रेष्ठको भनाई छ ।



    गृहमन्त्री श्रेष्ठले भने, ‘आफ्नै देशका नागरिकलाई अनागरिक बनाएर अर्को देशको शरणार्थी बनाउँदै विदेश पठाउने षड्यन्त्र गरी पैसा र सम्पत्ति आर्जन गर्ने काम भयो, त्यसमा संलग्नहरुलाई तथ्य र प्रमाणका आधारमा अनुसन्धान अगाडी बढाएर कानूनको दयरामा ल्याउने प्रक्रिया अघि बढाएका छौं । कोही निर्दोष फस्ने छैन, कुनै दोषीले छुटकारा पाउने छैनन् ।’

    उनले तथ्य र प्रमाणका आधारमा अनुसन्धान अगाडि बढाएर कानूनी दायरामा ल्याउने प्रक्रिया अघि बढेको बताए। विना पूर्वाग्रह स्वतन्त्र र निष्पक्ष ढंगले अनुसन्धान प्रक्रिया अगाडि बढाउन नेपाल प्रहरीलाई स्पष्ट निर्देशन दिइएको गृहमन्त्री श्रेष्ठले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार