Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • कृष्णबहादुर महराले भने – भुटानी शरणार्थी प्रकरणमा कसैसँग सम्झौता हुँदैन

    कृष्णबहादुर महराले भने – भुटानी शरणार्थी प्रकरणमा कसैसँग सम्झौता हुँदैन

    अनलाइन नेपाल
  • आइतबार, ७ जेष्ठ २०८०
  • 678
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता कृष्णबहादुर महराले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कारवाही गर्न सरकार प्रतिबद्ध रहेको जनाएका छन् ।

    पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष महराले कुनै पार्टी वा नेतासँग भुटानी शरणार्थी प्रकरणमा सम्झौता नहुने बताएका हुन् ।



    उपाध्यक्ष महराले भने, ‘भुटानी शरणार्थी प्रकरणमा सरकारले कारबाही प्रक्रिया अघि बढाएपछि सकारात्मक प्रभाव पारेको छ । यसलाई अघि बढाउनुपर्छ । पदाधिकारी बैठकले सरकार खुट्टा नकमाएर अघि बढोस् हामी समर्थन गर्न तयार छौं भनिसकेको छ । यो कतै सम्झौता हुन्छ कि भन्ने छ । यो सम्झौता गर्ने विषय होइन ।’



    जनमुक्ति सेनाको विषयमा संसदमा उठेपनि कुनै आर्थिक हिनामिना नभएको उनले बताए ।

    एमालेलाई नक्कली भुटानी शरणार्थी प्रकरणले पोलेपछि लडाकु शिविरको बारेमा प्रसंग उठाएको उपाध्यक्ष महराले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार