Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • गृहमन्त्री श्रेष्ठले भने – भुटानी शरणार्थी प्रकरणमा दोषी नछुट्ने गरि अनुसन्धान भैरहेको छ

    गृहमन्त्री श्रेष्ठले भने – भुटानी शरणार्थी प्रकरणमा दोषी नछुट्ने गरि अनुसन्धान भैरहेको छ

    अनलाइन नेपाल
  • बिहिबार, ११ जेष्ठ २०८०
  • 561
    SHARES

    काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भुटानी शरणार्थी प्रकरणमा दोषी नछुट्ने गरि अनुसन्धान भैरहेको बताएका छन् ।

    गृह मन्त्रालयमा एमालेसम्वद्ध राष्ट्रिय युवा संघको ज्ञापनपत्र बुझ्दै गृहमन्त्री श्रेष्ठले निर्दोष नफसुन् र दोषी नछुटुन् भनेर प्रहरीले अनुसन्धान गरिरहेको बताएका हुन् ।



    गृहमन्त्री श्रेष्ठले भने,‘आशंका वा मनोगत पूर्वाग्रहका आधारमा कोही निर्दोष फस्ने वा सार्वजनिक जीवनमा आँच पु-याउने काम गर्न मिल्दैन । कुनै षडयन्त्रको शिकार प्रहरी भएको छैन, हुँदैन । थुप्रै व्यक्तित्वको नाम आएको छ, तर एउटा बयान दिएकै आधारमा मुद्दा चलाउन मिल्दैन कि भनेर अरु प्रमाणहरुको खोजी गर्ने प्रक्रियामा प्रहरी होला भन्ने हामीले बुझ्नुपर्छ ।’



    गृहमन्त्री श्रेष्ठले भुटानी शरणार्थी प्रकरणमा प्रहरी कुनै षडयन्त्रको शिकार नभएको बताए । गृहमन्त्री श्रेष्ठले प्रहरीलाई राजनीतिक दबाव र अवान्छित प्रभावबाट मुक्त रहेर अनुसन्धान गर्न निर्देशन दिएको बताए । मन्त्री श्रेष्ठले प्रहरीलाई कुनै दबाव परे म झेल्छु, स्वतन्त्र र निष्पक्ष अनुसन्धान गर्नुस् भनेको बताए ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार