Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • माओवादी नेतृत्वको सरकारविरुद्ध घेराबन्दी भयो : कृष्णबहादुर महरा

    माओवादी नेतृत्वको सरकारविरुद्ध घेराबन्दी भयो : कृष्णबहादुर महरा

    अनलाइन नेपाल
  • शनिबार, १३ जेष्ठ २०८०
  • 1K
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले माओवादी नेतृत्वको सरकारविरुद्ध घेराबन्दी भएको बताएका छन् ।

    प्रेस सेन्टर नेपालको १९ औं साधारण सभा र २१ औं कृष्णसेन इच्छुक स्मृति दिवसका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उपाध्यक्ष महराले यस्तो बताएका हुन् ।



    उपाध्यक्ष महराले भने, ‘पार्टी केहि बिग्रिएको छ । यसको जिम्मेवारी हामीले सबैले लिनुपर्छ । केहि मात्रामा बिग्रिनुको प्रमुख कारण भनेको नेता कार्यकर्ता जनतामा नजानु नै हो । दोस्रो कारण पार्टीमा गुटबन्दी छ । यो पार्टीमा गुटबन्दीलाई मान्यता दिइँदैन । नेतृत्व सक्षम भएर मात्रै अगाडि बढ्न सकिन्छ ।’



    उपाध्यक्ष महराले पार्टी भित्र गुटबन्दी कुनै पनि अवस्थामा स्वीकार्य नहुने दाबी गरे ।  उनले पार्टीलाई राम्रो बनाउनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पार्टीकै नेता कार्यकर्ताले घेराबन्दी गर्नुपर्ने बताए ।

    उनले वैदेशिकसहित आन्तरिक रुपमा पनि भइरहेको घेराबन्दी तोड्नका लागि सबै एक भएर लाग्न प्रेस सेन्टर नेपाललाई आग्रह गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार