Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • सरकारका ४४ मध्ये २५ सार्वजनिक संस्थान नाफामा

    सरकारका ४४ मध्ये २५ सार्वजनिक संस्थान नाफामा

    अनलाइन नेपाल
  • आइतबार, १४ जेष्ठ २०८०
  • 477
    SHARES

    काठमाडौं । सरकारी स्वामित्वका ४४ मध्ये २५ संस्थान नाफामा र १९ वटा घाटामा सञ्चालनमा रहेको पाइएको छ ।

    अर्थमन्त्री डा.प्रकाशशरण महतले आर्थिक सर्वेक्षण २०७९/८० को आर्थिक सर्वेक्षण संसदमा प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।



    अहिले ४४ सार्वजनिक संस्थानमध्ये २५ मात्र नाफामा रहेको अर्थमन्त्री महतले बताए । गत असार मसान्तसम्म सरकारको शेयर तथा ऋण लगानी ६ खर्ब १८ अर्ब पुगेको छ । यो अवधिमा लगानीको ६ अर्ब १६ करोड लाभांश प्राप्त गरेको छ ।



    विगतमा सार्वजनिक संस्थाले मुलुकको आर्थिक, सामाजिक विकासमा योगदान गरेको भए पनि समयक्रममा खासगरी सञ्चालन र व्यवस्थापनमा समस्या रहेको अर्थमन्त्री महतले बताए। संस्थानहरूको कोषमा व्यवस्था नभएको दायित्व २०.३ प्रतिशतले घटेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार